top of page

ABOUT US

के तपाईं बिध्यार्थी भिषामा जापान जाने बिचारमा हुनुहुन्छ? पहिले जापान जानु अघि गर्नुपर्ने तयारीका बारेमा राम्रो जानकारी राखेर अनि मात्रै अाउनुहोला। जापानमा अबसरहरु छन तर आफु सोही अनुरुप तयार भएर आउन नसकेमा "आकासको फल आँखा तरी मर" जस्तै हो। जापान आउनु अघि बेसिक भाषा राम्रो संग जानेर आउनुहोस। २ बर्षसम्म कमाएर बचाउने खासै आशा नगरेर आउनुहोस, दुख जस्तो पनि गर्नसक्छु भन्ने मानसिक तयारीमा रहनुहोस। २, ३ महिना सम्म काम नपाएपनि नआत्तिने मनस्थिति तयार गर्नुहोस यस्तै यस्तै...

भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि जापान पढ्न जाने विद्यार्थीको संख्या बढ्यो

पढाइसँगै काम गरेर राम्रो आम्दानी गर्न सकिने भएपछि नेपाली विद्यार्थीकालागि जापान आकर्षक गन्तव्य बनिरहेको छ ।जापानले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि त्यसतर्फ पढ्नजाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।शिक्षा मन्त्रालयका अनुसार एक वर्षयता विद्यार्थीको प्रमुख रोजाई जापान बनेको छ । केशरमहलमा नोअब्जेक्सन लेटर लिन आएका विराटनगरका सुनिल साहले पढाइका साथै काम गरेरराम्रो कमाउन सकिने भएकाले जापान जान लागेको बताए ।
मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले राम्रो पढाइसँगै कमाई पनि हुने भएकाले जापान जाने विद्यार्थी बढ्दै गएको बताए ।
उनका अनुसार २०७० साउन १ देखि ०७१ असार ३२ सम्ममा ७ हजार ९ सय ३३ विद्यार्थीले जापानमा उच्चशिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएका छन् ।

© 2023 by Konnichiwa Japanese Language School, Pokhara, Nepal

  • s-facebook
  • Twitter Metallic
bottom of page